के हो एन्टीबडी परीक्षण

एजेन्सी
मालोरी सिमोन र जिना यु
कोरोना भाइरस महामारीले ल्याएको ‘घरमै बस्ने’ निर्देशिका र सामाजिक दूरीको अभ्यास कहिले समाप्त होला भनेर व्यग्रताका साथ संसारले प्रतीक्षा गरिरहेको छ, यो कुराको समाधानमा एन्टीबडी परीक्षणलेसहयोग गर्नसक्छ भन्ने आशा केहीले गरेका छन् ।
एन्टीबडी परीक्षण कोरोना भाइरसको सक्रिय संक्रमण पत्ता लगाउनका लागि होइन । त्यो त रगतको नमूनामार्फत शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन प्रणाली)मा एन्टिबडिज नामक प्रोटिन जाँच्न मात्रै हो ।
रगतमा एन्टिबडिज देखिनुको अर्थ भाइरससँगको सम्पर्कमा आएको मानिसले यसविरुद्ध लड्ने क्षमता विकास गरिसकेको छ भन्ने हो, अर्थात् ती व्यक्तिसँग कम्तिमा केही इम्युनिटी हुनसक्छ भन्ने हो । विज्ञहरु यो इम्युनिटी कति शक्तिशाली हुन्छ र कति समयसम्म रहन्छ भन्ने विषयमा अझै विश्वस्त भने छैनन् ।
‘केही साता वा यस्तै अवधिमा हामी अहिले उपलब्ध भइरहेको एन्टिबडी परीक्षण ठूलो संख्यामा गर्नेछौं,’ नेशनल इन्स्टिच्युट अफ एलर्जी तथा संक्रामक रोगका निर्देशक डाक्टर एन्थोनी फाउचीले सीएनएनसँग गत शुक्रबार भनेका छन् ।
ठिक विपरीत, अहिलेसम्म डायगोनोस्टिक परीक्षणका लागि प्रायजसो पोलिमेरेस चेक रियाक्सन टेस्ट वा पिसिआर टेस्ट नामक ल्याबोरेटरी प्रविधि प्रयोग हुने गरेको छ ।
यस्तो परीक्षणले स्याम्पलमार्फत सक्रिय संक्रमण पहिचान गर्नसक्छ, प्राय नाकको स्वाबबाट ।
यहाँ कोभीड–१९ र एन्टिबडी परीक्षणबारेका ५ जिज्ञासाको जवाफ खोज्ने कोशिश गरिएको छ ।
के नोबेल कोरोना भाइरसको एन्टीबडी परीक्षण उपलब्ध छ?
डाक्टर एन्थोनी फाउ केही साता वा यस्तै अवधिमा हामी अहिले उपलब्ध भइरहेको एन्टिबडी परीक्षण ठूलो संख्यामा गर्नेछौं,’ नेशनल इन्स्टिच्युट अफ एलर्जी तथा संक्रामक रोगका निर्देशक डाक्टर एन्थोनी फाउचीले सीएनएनसँग गत शुक्रबार भनेका छन् ।
‘केही साता वा यस्तै अवधिमा हामी अहिले उपलब्ध भइरहेको एन्टिबडी परीक्षण ठूलो संख्यामा गर्नेछौं,’ नेशनल इन्स्टिच्युट अफ एलर्जी तथा संक्रामक रोगका निर्देशक डाक्टर एन्थोनी फाउचीले सीएनएनसँग गत शुक्रबार भनेका छन् ।
तर यसको अर्थ उनीहरु अहिल्यै तयार छन् भन्ने होइन । अमेरिकी खाद्य तथा औषधि विभाग (एफडिए) ले अहिलेसम्म कोराना भाइरसको कुनै पनि एन्टीबडी टेस्टलाई स्वीकृति दिएको छैन, सिवाय–एक । सेलेक्सले तयार गरेको यो परीक्षण विधिलाई इमर्जेन्सी अवस्थाका लागि स्वीकृति दिइएको छ ।
अन्य कम्पनीले पनि गत महिनादेखि कार्यान्वयनमा भएको नयाँ एफडिए नीतिअन्तर्गत आफ्नै भर्सनका परीक्षण सामाग्री उत्पादन गरेका छन्, यस नीतिले कम्पनीहरुलाई एन्टीबडी परीक्षणको निर्माण र वितरणमा सहज बनाउनेछ ।
यद्यपि अब, एफडिएले नयाँ नीतिलाई कडा बनाउदैंछ र ती ल्याब परीक्षणको डाटा रिभ्यु गर्दैछ, जसले कोभीड–१९ एन्टिबडिज पत्ता लगाउनसक्ने दाबी गरेका छन् । एशोसियसन अफ पब्लिक हेल्थ ल्याबोराटोरेजका अध्यक्ष स्कट बेकरले यस विषयमा एफडिए अधिकारीहरुसँग मंगलबार बिहान पनि छलफल भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार